IME Life New

एनआईसी एसियाका ४ म्युचुअल फन्डको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया क्यापिटलले सञ्चालन गरेको ४ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

क्यापिटल सञ्चालक समितिको आज बजेको बैठकले उक्त आर्थिक वर्षका लागि एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका लागि करसहित १०.१० प्रतिशत (१० करोड ३० लाख २० हजार रुपैयाँ), एनआईसी एसिया ब्यालेन्सड् फन्डका लागि ९.९० प्रतिशत (७ करोड ४७ लाख ४५ हजार रुपैयाँ, एनआईसी एसिया सेलेक्ट–३० (इडेक्स फन्ड)का लागि ८.६५ प्रतिशत (१० कराड ८१ लाख २५ हजार रुपैयाँ) र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका लागि ५.५५ प्रतिशत (७ करोड ९५ लाख ३२ हजार ४१०.८६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

यी म्युचुअल फन्ड बन्दमुखी योजनाको लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब साउन २८ गतेसम्म कायम इकाइधनीले ती बन्दमुखी म्युचुअल फन्डको लाभांश पाउनेछन्।

यी म्युचुअल फन्डमध्ये डाइनामिक डेप्ट फन्ड खुलामुखी योजना हो भने बाँकी सबै बन्दमुखी योजना हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS