IME Life New

ट्रम्पले ट्यारिफबाट प्राप्त रकम जनतालाई बाँड्ने, यस्तो छ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई खुसी बनाउन सक्ने योजनाबारे विचार गरिरहेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्पले जनतालाई ट्यारिफको केही भाग लाभांशका रुपमा दिने विषयमा विचार गरिरहेका छन्। लाभांश भनेको शेयरधारक वा अन्य व्यक्तिमा कुनै पनि आम्दानीको केही भाग वितरण गर्नु हो। यहाँ लाभांश भनेको अमेरिकाले लगाएको ट्यारिफबाट कमाएको आम्दानीबाट जनतामा केही पैसा बाँड्नु हो।

Esewa
Crest

यद्यपि ट्रम्पले अहिलेसम्म यसबारे धेरै कुरा सार्वजनिक गरिसकेका छैनन्।

कुन देशमा सबैभन्दा बढी ट्यारिफ ?

ट्रम्पको ट्यारिफ प्रायः युरोपेली संघ र बेलायतका सदस्य देशहरुमा १५ प्रतिशत, जापानमा १० प्रतिशत र दक्षिण कोरियामा केवल ५ प्रतिशत लगाइएको छ। अर्कोतर्फ अमेरिकाले भारतमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ। जुन अगस्ट ७ मा लागू हुनेछ।

यसबाहेक ट्रम्पले क्यानडामा ३५ प्रतिशत, ब्राजिलमा ५० प्रतिशत, स्विट्जरल्यान्डमा ३९ प्रतिशत र ताइवानमा २० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्।

ट्रम्पले ती देशहरुमाथि लगाइने ट्यारिफसम्बन्धी कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्। जसअन्तर्गत ६९ देश र युरोपेली संघबाट आउने सामानमा नयाँ आयात ट्यारिफ लगाइएको छ। जुन अगस्ट ७ देखि लागू हुनेछ।

आदेश अनुसार सिरिया ४१ प्रतिशतसहित सबैभन्दा बढी ट्यारिफ लगाउने देशको सूचीमा शीर्ष स्थानमा छ। त्यसपछि लाओस र म्यानमार ४० प्रतिशत तथा इराक र सर्बिया ३५ प्रतिशत ट्यारिफ लगाउँदै छन्।

चीनसँग वार्ता जारी

ट्रम्पले चीनमा १४५ प्रतिशतले ट्यारिफ बढाएका थिए। तर त्यसपछि वार्ता अगाडि बढ्यो र दुवै देशले एकअर्कामाथि ट्यारिफ घटाउन सहमत भए। तर, अहिलेसम्म यी दुईबीच सम्झौता भएको छैन।

अमेरिकी अधिकारीहरुले राम्रो व्यापार सम्झौताका बारेमा विचार गरिरहेको बताएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हालै यसबारे सीएनबीसीलाई जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS