IME Life New

रसुवा बाढीको क्षतिमा रु. ८४.८४ करोडको बीमा दाबी, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा असार २३ गते आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबीको अध्यावधिक विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार साउन १५ गतेसम्म ११ वटा निर्जीवन बीमकबाट प्राप्त विवरणअनुसार कुल ७३ वटा बीमा दाबीमा ८४ करोड ८४ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति माग भएको छ।

Esewa
Crest

तथ्यांकअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँबराबरको दाबी परेको छ। यो २ वटा बीमा दाबीको हो।

यसैगरी शिखर इन्स्योरेन्समा १५ वटा दाबीको १६ करोड ९६ लाख रुपैयाँबराबर क्षतिपूर्ति माग भएको छ। नेको इन्स्योरेन्सले ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले २ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ करोड ६३ लाख ५० हजार बराबरको दाबी निवेदन प्राप्त गरेको छ।

हालसम्म सर्वाधिक दाबी सम्पत्ति बीमातर्फ परेको छ। सम्पत्ति बीमामा बीमकहरुले ६ वटा दाबीको ५८ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ।

यसैगरी सामुद्रिक बीमातर्फ १६ करोड २५ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ४५ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक)तर्फ २ करोड ९८ लाख रुपैयाँ र मोटर बीमा (निजी)तर्फ २ करोड १४ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS