IME Life New

सामसङ ग्यालेक्सी वाच८ सिरिज, अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ। दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ।

ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित जडित छ। यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ । जसले सर्केदीयन् रिदमको विश्लेषण गरेर कहिले सुत्दा बिहान ताजगीको साथ उठ्न सकिनेछ भनेर सुझाव दिन्छ। यसमा रहेको रनिंग कोचले तपाईको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ। साथै, तपाईको करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिने जनाइएको छ ।

Esewa
Crest

अब जेमिनी एआईको सहायताले तपाईले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सक्नुहुन्छ। सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ। ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ।

ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत आफ्नो उत्कृष्ट पहिचान बनाउँछ। पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ। यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ। यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ। यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि नलाग्ने जनाइएको छ ।


ग्यालेक्सी वाच८ सिरिज तपाईँको हरेक जीवनशैलीसँग मिल्ने गरी तयार गरिएको हो, जसले तपाईँलाई स्वस्थ रहन, जोडी रहन र अझ सन्तुलित जीवनतर्फ सार्थक कदम चाल्न प्रेरित गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS