IME Life New

ह्वाइट हाउस भन्छ-‘डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आयो’

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छन्।

क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तान बीचको द्वन्द्वसहित ६ वटा द्वन्द्व समाप्त गरेको बताइन्। प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणराज्य, भारत–पाकिस्तान, सर्बिया र कोसोभो, इजिप्ट र इथियोपियाबीचको द्वन्द्व समाप्त गरेका छन्।’

Crest

क्यारोलिन लेभिटले भनिन्, ‘यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा प्रत्येक महिना औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गरेका छन्।

क्यारोलिनले अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताइन्।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS