काठमाडौं । नेपाल आयल निगमले आज बिहान ००ः०१ बाट लागू हुने पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएपछि निगमले समायोजन गरेको हो।
नयाँ समायोजित मूल्यअनुसार पेट्रोलको भाउ घटेको छ भने डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ बढाएको छ। प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ मूल्य घटेको छ। प्रतिलिटर डिजेल र मट्टीतेलमा २ रुपैयाँले मूल्य बढेको छ।
अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको भाउ काठमाडौंका लागि प्रतिकिलोलिटर २१ अमेरिकी डलरले बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन प्वइन्ट’ मा बिक्री मूल्य कायम गरिएको छ।
निगमले एलपी ग्यासको मूल्य यथावत छ।


















