IME Life New

घट्यो पेट्रोलको भाउ, डिजेल र मट्टीतेलको भने बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले आज बिहान ००ः०१ बाट लागू हुने पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएपछि निगमले समायोजन गरेको हो।

Esewa
Crest

नयाँ समायोजित मूल्यअनुसार पेट्रोलको भाउ घटेको छ भने डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ बढाएको छ। प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ मूल्य घटेको छ। प्रतिलिटर डिजेल र मट्टीतेलमा २ रुपैयाँले मूल्य बढेको छ।

अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको भाउ काठमाडौंका लागि प्रतिकिलोलिटर २१ अमेरिकी डलरले बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन प्वइन्ट’ मा बिक्री मूल्य कायम गरिएको छ।

निगमले एलपी ग्यासको मूल्य यथावत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS