काठमाडौं । बिहिबार नेप्से परिसूचक २९२२.६३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३१.५० अंकले घटेको छ।
१५ अर्ब ९८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट १ अर्ब ९० करोड ६० लाखको कारोबार भएको छ जसमा ९३ करोड ८१ लाखको खरीद छ भने ९६ करोड ७८ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ७४ करोड ४५ लाखको खरीद छ भने ६३ करोड ६२ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन् ।

















