IME Life New

धितोपत्र बोर्डले मार्जिन कारोबारबारे अध्ययन गर्न बनायो समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरबाट मार्जिन कारोबार सुविधा प्रदान गर्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ।

धितोपत्र बार्डले सुपरिवेक्षण महाशाखाका प्रमुख रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको हो। समितिका सदस्यहरुमा कानुन महाशाखाबाट निरञ्जय घिमिरे, नियमन महाशाखाबाट अम्बिका गिरी र ब्रोकर शाखाबाट अनुजकुमार रिमाल छन्।

Esewa
Crest

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले मार्जिन कारोबारसम्बन्धी निर्देशनमा समसामयिक परिमार्जन गर्न समिति गठन भएको बताए। हालको निर्देशन अस्पष्ट रहेको भन्दै ब्रोकरहरुले मार्जिन कारोबार सुरु गरेका छैनन्।

निर्देशनमा संशोधन गरेर मार्जिन कारोबारसम्बन्धी सहज बनाउने योजनामा धितोपत्र बोर्ड रहेको छ। ‘अध्ययन सुरु भएको छ, छिट्टै निर्देशन संशोधन गरेर लागू हुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS