IME Life New

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशलमव ५० अंकले घटेर २,९२२ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६९ करोड ९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS