IME Life New

सन् २०३० सम्ममा हाइड्रोजन परियोजनाबाट बीमाशुल्क संकलन ३ अर्ब डलर नाघ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा सन् २०३० सम्ममा हाइड्रोजन परियोजनाहरुको बीमाशुल्क संकलन ३ अर्ब डलर नाघ्ने अनुमान गरिएको छ।

एलियान्ज कमर्सियलका अनुसार प्रमुख ऊर्जा स्रोतका रुपमा हाइड्रोजनका लागि विश्वव्यापी प्रयासहरु बढ्दै गइरहेका छन् र १ हजार ५०० भन्दा बढी परियोजना अहिले योजनाबद्ध छन्। सन् २०२१ मा केवल २०० वटामात्रै परियोजना थियो।

Esewa
Crest

लगभग ६० वटा देशका सरकारहरुले राष्ट्रिय हाइड्रोजन रणनीतिहरु अपनाएका छन्। हाइड्रोजन काउन्सिल र म्याककिन्सेका अनुसार यी परियोजना साकार पार्न सन् २०३० सम्ममा ६८० अर्ब डलरको लगानी आवश्यक पर्नेछ। जसले सम्बन्धित जोखिमहरु व्यवस्थापन गर्न बीमाको मागमा उल्लेखनीय वृद्धि हुनेछ।

युरोपमा हाल ६१७ परियोजना छन्। ती परियोजना १९९ अर्ब डलरको लगानी घोषणाका साथ विकासको नेतृत्व गरिरहेको छ। यद्यपि, हाइड्रोजनको भविष्य नीति, व्यापार, माग र पूर्वाधार लागतसहित धेरै कारकमा निर्भर गर्दछ।

हाइड्रोजनको ज्वलनशीलता र विस्फोटको सम्भावनाका कारण सुरक्षा र जोखिम व्यवस्थापन प्रमुख मुद्दाहरु छन्। सबै उद्योगमा हाइड्रोजनको प्रयोग बढाउन कडा सुरक्षा उपाय र बलियो बीमा समर्थन आवश्यक पर्नेछ।

एलियान्ज कमर्सियलका प्राकृतिक स्रोतका विश्वव्यापी प्रमुख एन्थोनी भासालोका अनुसार बीमा कम्पनीहरुले जोखिम परामर्शदाता, कभरेज र नवप्रवर्तन समर्थनमार्फत हाइड्रोजन विकासलाई सक्षम पार्न महत्वपूर्ण भूमिका खेल्छन्। उनले विशेषज्ञता विकास गर्न र चुनौतीहरु व्यवस्थापन गर्न उद्योग सहकार्यको आवश्यकतामा जोड दिए।

एसिया प्रशान्त क्षेत्रमा हाइड्रोजन क्षेत्रको स्वच्छ ऊर्जा संक्रमणको एउटा भागका रुपमा लोकप्रियता प्राप्त गर्दैछ। यो लामो समयदेखि रासायनिक र रिफाइनरी क्षेत्रहरुमा प्रयोग हुँदै आएको छ। तर, विद्युत उत्पादन, यातायात र समुद्री उद्योगहरुमा यसको विस्तारले नयाँ जोखिमहरु प्रस्तुत गर्दैछ।

एलियान्ज कमर्सियल एसिया प्यासिफिकका प्राकृतिक स्रोत र निर्माणका क्षेत्रीय प्रमुख ट्रेन्ट क्यानिंग्सका अनुसार भण्डारण र यातायात पूर्वाधारमा सीमापार सहकार्य यस क्षेत्रमा हाइड्रोजन प्रयोगको लागि महत्वपूर्ण हुनेछ। बीमा कम्पनीहरुले हाइड्रोजनसँग सम्बन्धित जोखिमहरुले धेरै व्यावसायिक क्षेत्रहरुलाई असर गर्ने अपेक्षा गर्छन्।

भासालोका अनुसार आगामी ५ देखि १० वर्षमा ऊर्जा, प्राकृतिक स्रोत र दायित्वले सबैभन्दा ठूलो प्रभाव देख्नेछ। त्यसपछि सम्पत्ति र समुद्री क्षेत्रहरु हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS