IME Life New

मुख्य सूचकहरुमा महुली लघुवित्तको आकर्षक प्रगति, लाभांश क्षमता ३३% माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ११ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा संस्थाले ३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा २५५.८० प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा संस्थाको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ रहेको छ। संस्थाको लाभांश क्षमता ३३.५७ प्रतिशत रहेको छ।

समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा १६ करोड ३६ रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको सञ्चालन मुनाफामा २३२.३३ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा संस्थाले ३६ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २५ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ४३.०३ प्रतिशतले बढेको छ।

क्तापुँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः १२ करोड ४१ लाख रुपैयाँ र २९ करोड ८९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ २ करोड ६४ लाख रुपैयाँ र रिजर्भमा २८ करोड ५८ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा संस्थाले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ५८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा वर्षमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि संस्थाको एनपीएल ३.९४ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३०.९६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.९८ रुपैयाँ थियो। पीई रेसियो ४१.८६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २१४.३९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS