IME Life New

खडेरी प्रभावित मधेशका किसानलाई विज्ञको यस्ता सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको मधेश प्रदेशमा यो वर्ष खडेरी परेको छ। सरकारले पनि मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।

यो विकराल समस्यालाई लिएर बाली प्रजनन तथा अनुवंश विज्ञान समाज नेपाल (पिबाग्सन)ले केही सुझाव दिएको छ। समाजका सदस्यहरु छलफल गरी हाल मदेश प्रदेशमा खडेरीले सिर्जित धान बालीमा देखिएको समस्यका लागि निम्न कार्य गर्न सकिने सुझाव दिएको छ।

Esewa
Crest
  • केही समयपछि पानी पर्ने सम्भावना भएकोले उपयुक्त जातहरु जस्तै चैते–५, हर्दिनाथ–१, हर्दिनाय–४. सुक्खा जातका अन्य जातहरुको नर्सरी राखी बेर्ना तयारी गर्ने।
  • एसआरआई र डीएसआरको सम्भावना राम्रो देखिएकोले उक्त प्रविधिमार्फत धान रोप्ने कार्यमा जोड दिने।
  • वैकल्पिक बालीहरु जस्तै– कोदो, फापर, चिनो, कागुनो, मास, बोडी, जुनेलो, धान कोदो आदि लगाउने।
  • मिश्रित बालीका साथ जातहरु लगाई खेती गर्ने।
  • नार्कले उक्त प्रभावित क्षेत्रमा वैकल्पिक बालीहरु तथा प्रविधिमा एक्सन रिसर्च सुरु गर्ने।
  • नार्क तथा कृषि विभागमार्फत देशभरि उक्त प्रभावित क्षेत्रमा हुने बालीहरुको बीउ कहाँ कति मात्रामा छ तयार गरी किसानलाई बीउ उपलब्ध गराउन सहज गर्दा उपयुक्त हुने।
  • छोटो अवधिमा पाक्ने धैयाको जातहरु खोजी लगाउन सकिने।
  • प्रभावित क्षेत्रको अध्ययन समूहमा नार्कका विज्ञ तथा बाली प्रजनक समावेश हुँदा राम्रो हुने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS