IME Life New

सन् २०२५ मा बीमांककृत सम्पत्तिको क्षति १०० अर्ब डलर नाघ्ने अनुमान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ मा विश्वमा बीमांकृत सम्पत्तिको क्षति १०० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ।

डब्ल्यूटीडब्ल्यू व्यापार ‘विलिस’ले प्रकाशित गरेको पछिल्लो ‘प्राकृतिक विपत्ति समीक्षा’ प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। विश्वव्यापी बीमा उद्योगले लगातार सातौँ वर्ष यति धेरै प्राकृतिक प्रकोपबाट हुने बीमांककृत सम्पत्तिको क्षतिको दाबी सामना गर्ने भएको हो।

Crest

प्रतिवेदनले प्राकृतिक प्रकोपहरुले विश्वभरका बीमा बजारहरुमा दबाब सिर्जना गरिरहेको कुरा प्रकाश पारेको छ। सन् २०२४ को घाटा पहिले नै १०० अर्ब डलर नाघेको थियो। अब सन् २०२५ को सुरुआतमै भएका प्राकृति घटनाहरुले यो प्रवृत्तिलाई फेरि दोहोर्याएको छ।

सन् २०२५ को सुरुमा लस एन्जलसको डढेलोबाट मात्र बीमाकृत सम्पत्तिको क्षति लगभग ४० अर्ब डलर हुने अनुमान गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘हालैका प्रकोपहरुको मात्रा र तीव्रताले जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गरेको छ।’

यस वर्ष अहिलेसम्मका प्रमुख घटनामा लस एन्जलसमा भएको इतिहासकै सबैभन्दा ठूलो डढेलो, जापान र दक्षिण कोरियाको डढेलो, अमेरिकाको सक्रिय आँधीबेहरी, ब्रिस्बेननजिकैको दुर्लभ चक्रवात तथा आयरल्यान्डको तीव्र हावाहुरीबाट बीमांककृत सम्पत्तिको क्षति भएका समावेश छन्।

विलिसस्थित एसिया प्रशान्त क्षेत्रका जलवायु जोखिम केन्द्रका प्रमुख क्रिस्टोफर औले यस क्षेत्रमा प्राकृतिक जोखिममा उल्लेखनीय परिवर्तन देखिएको बताए। ‘जापान र दक्षिण कोरियामा यस वर्ष भएको डढेलोको प्रकोपले दक्षिणपूर्व र पूर्वी एसियामा जलवायु जोखिम बुझ्ने तरिकामा एउटा मोड लिएको छ’, उनले भने।

ऐतिहासिक रुपमा एसिया प्रशान्त क्षेत्रमा डढेलो दुर्लभ रहेको क्रिस्टोफरले बताए। ‘गर्मी मौसम, अनियमित वर्षा र वन क्षेत्रहरुमा विस्तारित विकासले नयाँ आगो प्रवण क्षेत्रहरु सिर्जना गरिरहेको छ’, उनले भने, ‘यहाँ जोखिम र जोखिम अभूतपूर्व तरिकाले एक–अर्कासँग गाँसिएका छन्।’

प्रतिवेदनमा डढेलोको खतरालाई अझ सही रुपमा मूल्यांकन गर्न स्थान विशिष्ट जोखिम उपकरणहरु जस्तै– फायर वेदर इन्डेक्स र रेडियन्ट हिट मोडेलिङको प्रयोगका लागि सुझाव दिइएको छ। यसले व्यवसायहरुलाई बढ्दो डढेलोको जोखिमसँग सामना गर्न मद्दत गर्न प्यारामेट्रिक बीमा उत्पादनहरुको प्रयोगसहित जोखिम न्यूनीकरण रणनीतिहरुलाई पनि प्रवर्द्धन गर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS