काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ४७ दशमलव ९३ अंकले घटेर २,९५४ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।


















