काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३१० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

















