IME Life New

घाटामा रहेको हिमालयन लघुवित्त नाफामा, बनायो करिब २०% लाभांश क्षमता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ९ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा संस्थाले २० लाख ७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। घाटामा रहेको संस्था चालु आर्थिक वर्षमा नाफामा गएको छ।

Esewa
Crest

समीक्षा वर्षमा संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ। संस्थाको लाभांश क्षमता १९.७६ प्रतिशत रहेको छ।

समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा बढेर १३ करोड ११ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन घाटा ३५ लाख ४ हजार रुपैयाँ थियो।

गत आर्थिक वर्षमा संस्थाले ३५ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २२ करोड २७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेको छ।

चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको संस्थाको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६ करोड ३१ लाख रुपैयाँ र ११ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ६५ लाख ४६ हजार रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा ९ करोड ७१ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा संस्थाले ३ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ६० करोड २६ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.३३ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि संस्थाको एनपीएल ३.४९ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २८.७० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.६३ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो ३५.३८ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १४८.१६ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS