IME Life New

कालिका लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्दा, प्रतिशेयर आम्दानी कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफासँगै अधिकांश सूचक बढेका छन् ।

लघुवित्तले यस आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको तुलनामा लघुवित्तको खुद नाफा ३६.४२ प्रतिशतले बढेको हो।

Crest

समीक्षा अवधिमा लघुवित्तले ३८ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा लघुवित्तले २५ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशत ले बढेको छ ।

लघुवित्तको कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ९५.८९ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड १९ रुपैयाँ रहेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तत्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८४ करोड ७४ रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर २६ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS