काठमाडौं । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आज साउन १३ गते आइपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशनका लागिड अनुमति पाएको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

















