IME Life New

आइपीओको तयारीमा रहेको ट्रस्ट माइक्रोले पायो ‘डबल बी माइनस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ)को तयारीमा रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्सले ‘डबल बी माइनस’ रेटिङ प्राप्त गरेको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिङ रेटिङ नेपालले ट्रस्ट माइक्रो इन्स्योरेन्सलाई ‘डबल बी माइनस’ निष्कासनकर्ताको रेटिङ प्रदान गरेको हो। यो मूल्यांकन प्राप्त कम्पनी वित्तीय दायित्वको समयमै सेवाको सन्दर्भमा पूर्वनिर्धारित जोखिमको मध्यम जोखिम भएको मानिन्छ।

Esewa
Crest

अत्याधिक नियमन गरिएको बीमा क्षेत्रका साथै तीन अन्य लघु निर्जीजीवन कम्पनी र कम्पनीको फराकिलो पोर्टफोलियोको भागका रुपमा समान लघु बीमा उत्पादन प्रदान गर्ने अवस्थित १४ ठूला सामान्य निर्जीजीवन बीमकबाट तीव्र प्रतिस्पर्धाको कारणले नियामक जोखिममा परेको छ। यसबाहेक नेपाल बीमा प्राधिकरणको नियामकी प्रावधान र विशेषगरी प्रतिपोलिसी ५० लाख रुपैयाँसम्मको बीमा रकमको सीमाले निकट भविष्यमा वृद्धिको सम्भावनालाई सीमित गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले हालसम्म १३ प्रकारका बीमा पोलिसी ल्याएको छ। कम्पनीले देशभर ३३ वटा शाखामार्फत लघुबीमा सेवा प्रदान गर्दै आएको छ।

बीमा प्राधिकरणले लघु बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ। हाल कम्पनीमा संस्थापक समूहको ५२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ आइपीओबाट जुटाउनेछ।

कम्पनीले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS