काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक २.५८ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक ०.३६ प्रतिशतले घटेको छ।
आज बजारमा १७६ वटा कम्पनीको शेयरभाउ बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन बजारमा साढे १८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको भएको छ।
उच्च कारोबार १० कम्पनी
- हिमालयन डिस्टिलरीः ६४ करोड ४१ लाख रुपैयाँ
- ग्रीन भेन्चर्सः ६३ करोड ८२ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ५६ करोड ९२ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५२ करोड ७७ लाख रुपैयाँ
- राधी विद्युतः ४९ करोड ७७ लाख रुपैयाँ
- कालिका पावरः ४९ करोड ७२ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४९ करोड ५१ लाख रुपैयाँ
- प्रभु बैंकः ४५ करोड ५७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४३ करोड ६ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः ३६ करोड ७५ लाख रुपैयाँ

















