IME Life New

हिमालयन बैंकको एफपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको एफपीओ आज साउन १३ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँट गरिएको हो। एफपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

Esewa
Crest

बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ बिक्री खुला गरिएको थियो। बैंकले १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थपेर १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ बिक्री गरेको थियो।

यो एफपीओमा १८ लााख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयर माग भएको थियो। जसमा १७ लाख ४ हजार २७३ आवेदकबाट माग भएको ३ करोड ३२ लाख ११ हजार ८० कित्ता शेयर सदर भएको थियो। यसमा १ लाख ७६ हजार २६० आवेदकबाट माग भएको १७ लाख ४ हजार २७३ कित्ता शेयर बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण हिमालयन बैंक एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये ९ लाख २५ हजार ४६ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनै आवेदकमध्ये भाग्यमानी ९ जनाले १ कित्ता थप शेयर पाएका छन्।

यो एफपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजार धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, धितोपत्र निष्कासन गर्ने हिमालयन बैंक, सीडीएससीको मेरो शेयर र सीडीएससीकै iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS