IME Life New

कर्जाको दुरुपयोग गर्दा हुन्छ यस्ता कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको दुरुपयोग गर्दा कारबाही हुने चेतावनी दिएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा कर्जाको दुरुपयोग गर्दा कारबाही हुने व्यवस्था रहेको जानकारी गराएको छ। कर्जाको दुरुपयोग गर्नुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर भएको मानिने सूचनामा उल्लेख छ।

Esewa
Crest

कर्जा लिने व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि मात्र कर्जा प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५ को उपदफा २ मा भएको व्यवस्थाअनुसार बिगो भराइ बिगोबमोजिमको जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजायसमेत हुने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS