IME Life New

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । जसअनुसार बैंकका ग्राहकलाई दाँत उपचार सेवामा विशेष छुट उपलब्ध गराउने अवसर प्रदान गर्नेछ।

यस सम्झौतापछि, एनआईसी एशिया बैंकका ग्राहकहरुले विभिन्न स्थानमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गर्दा र डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

ग्राहकहरुले जनरल डेन्टल सेवाहरुमा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र अन्य जनरल हस्पिटल सेवामा १० प्रतिशत, र दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

यो छुट काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टररकान्तिपुर डेन्टल सेन्टर, पोखरामा न्युरोड स्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, र अन्य स्थानहरूमा उपलब्ध हुनेछ। साथै, काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमामा पनि ग्राहकले यो छुट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS