काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार २ दशमलव ०७ अंकले घटेर २,९६२ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावरका लगानीकर्ताले ९ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।


















