IME Life New

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाले सरकारविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट निलम्बित शरद ओझाले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट आज साउन १२ गते हेर्न नभ्याइनेमा राखिएको छ।

ओझाको रिट आज सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको थियो। तर, आज यो रिट हेर्न नभ्याइनेमा राखिएको हो।

Esewa
Crest

नेपाल सरकारले आचरण, कार्य क्षमता र पदीय जिम्मेवारीका सम्बन्धमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि ओझा बीमा प्राधिकरणको अध्यक्ष पदबाट निलम्बनमा परेका थिए। ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय र छानबिन समितिविरूद्ध संयुक्त रिट दायर गरेका छन्। उनले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाएका छन्।

ओझाले छानबिन समिति खारेजीसँगै निलम्बन फुकुवाको माग दाबी सहित सर्वोच्चमा साउन ८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्। उनले दिएको रिट निवेदनको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानले नेपाल सरकार तथा अन्य विपक्षीविरूद्ध शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ। अब यो विषयमा आज पुनः पेसी तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS