IME Life New

नेपालमा एमसीसी परियोजना जारी रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा जारी रहने भएको छ । आज अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा एमसीसी अन्तर्गतका परियोजना निरन्तर हुने जानकारी अमेरिकाबाट प्राप्त भएको जनाएको छ । अमेरिकाबाट एमसीसीले जुलाई २४ मा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको अर्थ मन्त्रालयको भनाई छ ।

विज्ञप्तिमा भनिएकबो छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनको मिति २०८१/११/२२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबिच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको ब्यहोरा सरोकारवालालाई जनकारी गराइएको छ,’ छ ।

Esewa
Crest
प्रेस-विज्ञप्ति_एमसिसी-२०८२_४_१२

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS