IME Life New

आइएमई मोटर्स ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।

आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भरेको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ।

Esewa
Crest

यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको हो।

आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए। हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने पनि सर्भिस प्रमुख श्रेष्ठले उल्लेख गरे ।

आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताएका छन् । हामीलाई निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यो अवार्डले थप उत्साह थपेको कार्यकारी निर्देशक ढकालले उल्लेख गरे ।

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्ड सँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए।

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।

यो सम्मान आइएमई मोटर्सको मात्र नभई सम्पूर्ण नेपाली अटो क्षेत्रका लागि पनि गौरवको विषय हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS