IME Life New

बजारमा नगद परिचालन साढे ७ खर्ब नाघ्यो, सरकारी ढुकुटीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को असारसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांकअनुसार गत आर्थिक वर्षको असारसम्म बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ११ महिनाको अवधिमा नगद परिचालन १०.३० प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा सरकारी कोषको आकार १०.७६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। गत वर्ष असारसम्म सरकारी कोषको आकार बढेर ७० अर्ब ८३ करोड रुपैयाँको उचाइमा पुगेको छ।

गत वर्ष असारसम्म राष्ट्र बैंकको रिजर्भमा ७ खर्ब ८ अर्ब १ करोड रुपैयाँ रहेको छ। गत वर्ष असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो। रिजर्भको आकार २२.८० प्रतिशतले बढेको छ।

आईएमएफसँग सम्बन्धित दायित्व ४० अर्ब ९८ करोड रुपैयाँ रहेको छ। गत वर्ष असारसम्म आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS