IME Life New

बीमाङ्की विषयमा स्नातक तहको भर्नाका लागि त्रिविले आवेदन खुल्ला गर्‍यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले तथ्यांक विज्ञान(ब्याचलर इन डाटा साइन्स) तथा बीमाङ्की विज्ञान(बी म्याथ साइन्स इन एक्चुअरियल साइन्स) विषयमा स्नातक तहका लागि नयाँ भर्ना खुला गरेको छ।

त्रिभूवन विश्वविद्यालय गणित विज्ञान विद्यालयले विज्ञान, व्यवस्थापन संकायबाट १२ कक्षा उतीर्ण,ए लेभल वा सिटिइभिटी उतीर्ण विद्यार्थीले यो विषय अध्ययनका लागि आवेदन दिन सक्ने बताएको छ।

Esewa
Crest

गणित विषयमा कम्तीमा सि ग्रेड सहित १.८ सिजिपिए उतीर्ण, १०० पूर्णाङ्कको गणित विषय लिएर दोश्रो श्रेणीमा प्रविणता प्रमाण पत्र तह उतीर्ण, ए लेभल परिक्षामा डि ग्रेड, सिटिइभिटीबाट तीनवर्षे डिप्लोमा तहमा १०० पूर्णाङ्कको गणित विषय लिएर कम्तीमा दोश्रो श्रेणीमा उतीर्ण

साउन १५ गतेदेखि भदाै १२ गतेसम्म आवेदन फारम खुल्ला रहनेछ। इच्छुक विद्यार्थीले त्रिभूवन विश्वविद्यालयको वेबसाइट मार्फत आवेदन दिनुपर्नेछ। प्रवेश परिक्षामा उतीर्ण हुने विद्यार्थीलाई प्राथमिकताका आधारमा भर्ना लिइने विश्वविद्यालयले जानकारी दिएको छ। परिक्षा आवेदन शुल्कवापत २ हजार रूपैयाँ तोकिएको छ।

प्रत्येक विषयका लागि जम्मा ४० जनाको भर्ना कोटा रहेकोमा ८० प्रतिशत खुल्ला र बाँकी २० प्रतिशत समावेशी कोटाका अाधारमा भर्ना लिइने विश्वविद्यालयले जानकारी दिएको छ।

प्रवेश परिक्षा त्रिभूवन विश्वविद्यालय गणित विज्ञान विद्यालय बल्खुमा आयोजना हुनेछ। प्रवेश परिक्षाको प्रश्न पत्रमा गणित, अँग्रेजी, सामान्य ज्ञान र तीक्ष्णतामा आधारित प्रश्नहरू समावेश गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS