IME Life New

चुक्तापुँजीमा बलियो बन्दै बैंकिङ क्षेत्र, अनिश्चितताका बेला वित्तीय दबाब झेल्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चुक्तापुँजीका आधारमा नेपाली बैंक तथा वित्तीय संस्थाहरु अझ सुदृढ बन्दै गएका छन्। वित्तीय क्षेत्रमा जोखिम बहन क्षमता, कर्जा प्रवाह क्षमता र आम सेवाग्राहीको विश्वास निर्माणमा निर्णायक मानिने चुक्तापुँजी पछिल्लो समय उल्लेख्य रुपमा वृद्धि भएसँगै समग्र बैंकिङ प्रणाली थप विश्वासिलो हुँदै गएको देखिन्छ।

नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सुदृढता मूल्यांकन गर्ने क्रममा चुक्तापुँजीलाई अत्यन्त महत्वपूर्ण सूचकका रुपमा लिँदै आएको छ। यही आधारमा मुलुकका बैंक तथा वित्तीय संस्थाहरु बलियो अवस्थामा पुग्दै गएका छन्।

Esewa
Crest

राष्ट्र बैंकका अनुसार २०८२ सालको जेठ मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुको कुल चुक्तापुँजी ४ खर्ब ४३ अर्ब ६२ करोड २० लाख रुपैयाँ पुगेको छ। यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिमा रहेको ४ खर्ब ३६ अर्ब ४० करोड ७० लाख रुपैयाँको तुलनामा ७ अर्ब २१ करोड ५० लाख रुपैयाँले बढी हो।

चुक्तापुँजीमा देखिएको यो वृद्धिलाई हेर्दा संस्थागत पुँजी संरचना सुदृढ बन्दै गएको देखिन्छ। यस्तो वृद्धिले बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन सञ्चालन क्षमता बलियो हुने, विपद् वा अनिश्चितताका बेला वित्तीय दबाब झेल्न सक्ने र नियामक निकायका मापदण्डहरु सजिलै पूरा गर्न सक्ने क्षमता विस्तार हुने जानकारहरु बताउँछन्।

विशेषगरी वाणिज्य बैंकहरुमा पुँजी वृद्धिको आँकडा उल्लेखनीय छ। राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकहरुको चुक्तापुँजी २०८२ जेठ मसान्तसम्ममा ३ खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको ३ खर्ब ७९ अर्ब दुई करोड रुपैयाँको तुलनामा ६ अर्ब ३० करोड ७० लाख रुपैयाँले बढी हो।

त्यस्तै १७ वटा विकास बैंकहरुको चुक्तापुँजी पनि वृद्धि भएको छ। २०८२ जेठ मसान्तसम्ममा तिनको संयुक्त चुक्तापुँजी ४३ अर्ब २ करोड ४० लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको ४२ अर्ब १७ करोड १० लाख रुपैयाँभन्दा ८५ करोड ३० लाख रुपैयाँले बढी हो।

फाइनान्स कम्पनीहरुको हकमा पनि समग्र चुक्तापुँजी वृद्धि भइरहेको छ। हाल सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरुको चुक्तापुँजी २०८२ जेठ मसान्तसम्म १५ अर्ब २७ करोड १० लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको १५ अर्ब २१ करोड ६० लाख रुपैयाँको तुलनामा ५ करोड ५० लाख रुपैयाँले बढी हो।

चुक्तापुँजी वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाको सेवा पहुँच पनि विस्तार हुँदै गएको छ। हालसम्म देशभरि बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ६ हजार ५१८ पुगेको छ। तीमध्ये वाणिज्य बैंकहरुको ५ हजार ९५, विकास बैंकहरुको १ हजार १३२ र फाइनान्स कम्पनीहरुको २९१ वटा शाखा सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS