IME Life New

बेलायती सर्जनले आफ्ना दुवै खुट्टा काटेर बीमाको रु. ९.३५ करोड पारे झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमाको रकम पाउन अनेकन तिक्डम अपनाउने गरिएका घटनाहरु सार्वजनिक भइरहेका छन्। बेलायतबाट अहिले यस्तै घटना सार्वजनिक भएको छ।

बेलायतका भास्कुलर सर्जनले बीमाको रकम पाउन आफ्ना दुवै खुट्टा काटेको घटना सार्वजनिक भएको हो। द टेलिग्राफमा प्रकाशित समाचारअनुसार ४९ वर्षीय नेल होप्परले बीमाको करिब ५ लाख पाउन्ड (लगभग ९ करोड ३५ लाख रुपैयाँ) पाउन दुवै खुट्टा काटेका हुन्।

Esewa
Crest

होप्पर बेलायतका प्रतिष्ठित रोयल कर्नवाल अस्पतालमा काम गर्थे। जहाँ उनले सयौँ सर्जरी पनि गरेका थिए।

होप्परले दुवै खुट्टामा चोट लागेको र पछि इन्फेक्सन भएपछि काट्नुपरेको बीमा कम्पनीमा दाबी गरेका थिए। उनले एउटा २ लाख ३५ हजार पाउन्डबराबरको बीमा दाबी एराइभ ग्रुपमा र अर्को २ लाख ३१ हजार पाउन्डबराबरको दाबी ओल्ड म्युचुअल फन्डमा गरेका थिए। यी दाबी उनले सन् २०१९ को जुन ३ र जुन २६ मा गरेका थिए।

त्यतिमात्रै होइन होप्परले भिडियोमार्फत अरु मानिसलाई पनि शरीरका अंग काट्न उस्काउथे। यस्ता गतिविधिले सन् २०१८ देखि सन् २०२० को डिसेम्बरसम्म गरेका थिए।

बेलायती प्रहरीले सर्जन होप्पर सन् २०२३ पक्राउ गरेर जलासाझीको मुद्दा चलायो। त्यसपछि रायल कर्नवाल अस्पतालले उनलाई जागिरबाट बर्खास्त गरिदियो भने स्वास्थ्य परिषदले उनको चिकित्सा लाइसेन्स रद्द गरिदिएको थियो।

पक्राउ पर्नुअघि होप्परले बीबीसीसँगको अन्तर्वार्तामा खुट्टा गुमाएपछि आफू झनै सक्रिय भएको बताएका थिए। हाल उनी कृत्रिम खुट्टाको सहारामा छन्।

हाल होप्परको मुद्दा बोडमिन म्याजिट्रेटमा चलिरहेको छ। अदालतमा उनले धरौटीमा रिहा गर्न अपिल गरेका थिए। तर, अदालतले उनको अपिल अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

11%
sad

दु :खी

56%
amazed

अचम्मित

11%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS