IME Life New

कठिन चरणमा यो दिग्गज कम्पनी, २५ हजार कर्मचारीको जागिर खतरामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिप उत्पादन गर्ने कम्पनीमा २५हजार कर्मचारीको जागिर खतरामा परेको छ।

द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार चिप उत्पादन गर्ने कम्पनी इन्टेलले ठूलो परिवर्तनको तयारी गर्दै २५ हजारभभन्दा बढी जागिर कटौती गर्ने योजना बनाएको हो। कम्पनीको लक्ष्य सन् २०२५ को अन्त्यसम्ममा आफ्नो कार्यबल लगभग ७५हजारले घटाउनेछ। जुन गत वर्षको अन्त्यमा १ लाख हजार थियो।

Esewa
Crest

इन्टेलले गत अप्रिलसम्ममा आफ्नो कार्यबल लगभग १५ प्रतिशत अर्थात लगभग १५ हजारले घटाएको थियो। यो कटौती गत वर्ष १५ हजारभन्दा बढी जागिर कटौती भएपछि भएको हो।

इन्टेलले यो वर्ष दोस्रो त्रैमासको नतिजा जारी गर्दै कर्मचारी कटौतीबारे जानकारी दिएको हो। कम्पनीले २.९ अर्ब अमेरिकी डलरको खुद घाटा वित्तीय विवरण सार्वजनिक गरेको छ। जसमा पछिल्लो कटौतीसँग सम्बन्धित लागतहरु समावेश छन्।

कम्पनीको दोस्रो त्रैमासको आम्दानी १२.९ अर्ब अमेरिकी डलरमा स्थिर रह्यो। जुन बजार अपेक्षाभन्दा अझै बढी थियो।

इन्टेलले चालु त्रैमासमा आम्दानी १२.६ अर्ब डलर र १३.६ अर्ब डलरको बीचमा रहने अपेक्षा गरेको छ। जसको केन्द्रबिन्दु १३.१ अर्ब अमेरिकी डलर रहेको छ। यो सेप्टेम्बरसम्म त्रैमासका लागि १२.६ अर्ब डलरको औसत अनुमानभन्दा बढी हो।

कर्मचारीलाई लेखेको पत्रमा इन्टेलका नयाँ सीईओ लिप–बु ट्यानले कम्पनीको कठिन चरणलाई स्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘मलाई थाहा छ कि पछिल्ला केही महिना सजिलो थिएनन्। हामी संगठनलाई सुव्यवस्थित गर्न, राम्रो दक्षता ल्याउन र कम्पनीको हरेक तहमा जबाफदेहीता बढाउन कडा र आवश्यक निर्णय लिइरहेका छौँ।’

सीईओ ट्यानका अनुसार कम्पनीले जर्मनी र पोल्यान्डमा नयाँ कारखाना निर्माण गर्ने योजना पनि स्थगित गरेको छ। कम्पनीले कोस्टा रिकामा रहेको आफ्नो प्लान्टमा उत्पादन सुस्त बनाउनेछ र केही सञ्चालित कारखाना भियतनाम र मलेसियामा स्थानान्तरण गर्नेछ।

इन्टेलले यो कदम आफ्नो सञ्चालन लागत घटाउने र विश्वव्यापी सञ्चालनको दक्षता सुधार गर्ने प्रयासको एक हिस्सा भएको जनाएको छ।

गत अप्रिलमा कम्पनीले आफ्नो वार्षिक सञ्चालन खर्चलाई १७.५ अर्ब डलरबाट घटाएर १७ अर्ब डलर र २०२६ सम्ममा १६ अर्ब डलरमा घटाउने योजना घोषणा गरेको थियो। इन्टेलले ती लक्ष्य पूरा गर्ने बाटोमा रहेको जनाएको छ।

यो कम्पनी कुनैसमय विश्वव्यापी चिप निर्माता थियो। तर, अहिले संघर्ष गरिरहेको छ।

सन्् १९९० को दशकमा व्यक्तिगत कम्प्युटर बुमको समयमा यसले माइक्रोप्रोसेसर व्यवसायमा प्रभुत्व जमाएको थियो। तर, यसले स्मार्टफोनको उदयलाई गुमाएको छ र द्रुत गतिमा बढ्दो एआई चिप खण्डमा पछाडि परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS