IME Life New

बीमकबीच प्रतिस्पर्धा बढ्दै जाँदा ४% ले घट्यो विश्वव्यापी बीमा दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा विश्वव्यापी व्यावसायिक बीमा दर ४ प्रतिशले घटेको छ। जुन बीमा कम्पनीहरुबीचको बढ्दो प्रतिस्पर्धाले गर्दा बीमा दरको घट्दो प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ।

मार्सको पछिल्लो विश्वव्यापी बीमा बजार सूचकांकका अनुसार यो वर्षको पहिलो ३ महिना बीमा दरमा ३ प्रतिशतको गिरावट आएको थियो। लगभग ७ वर्षको वृद्धिपछि लगातार चौथो त्रैमासिक गिरावट हो।

Esewa
Crest

अमेरिकाबाहेक सबै क्षेत्रले यस वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको यही अवधिको तुलनामा बीमा दरमा गिरावट आएको छ। अमेरिकामा भने बीमा दर स्थिर रहेको छ।

प्रशान्त क्षेत्रमा बीमा दर ११ प्रतिशतले घटेको छ। जुन सबैभन्दा धेरै हो। त्यसपछि बेलायतमा ६ प्रतिशतमा गिरावट आएको छ।

एसिया, ल्याटिन अमेरिका र क्यारिबियन तथा भारत, मध्यपूर्व र अफ्रिकामा दरहरु ५ प्रतिशतले घटेको छ। जबकि क्यानडा र युरोप दुवैमा ४ प्रतिशतको गिरावट देखिएको छ।

विश्वव्यापी रुपमा सम्पत्ति बीमा दर ७ प्रतिशतले घटेको छ। सम्पत्ति बीमा दर प्रशान्त र अमेरिकामा क्रमशः १३ प्रतिशत र ९ प्रतिशतको तीव्र गिरावट देखिएको छ। यद्यपि, बीमा दाबीको उच्च आवृत्ति र गम्भीरताका कारण दुर्घटना बीमा दर विश्वव्यापी रुपमा ४ प्रतिशतले बढेको छ। यसको नेतृत्व अमेरिकाले ९ प्रतिशतले गरेको छ।

साइबर बीमा दरहरु विश्वव्यापी रुपमा ७ प्रतिशतले घटेको छ। मार्सका अनुसार बीमा दर घट्नुमा बीमा कम्पनीहरुबीचको प्रतिस्पर्धा र बजार क्षमतामा वृद्धिले व्यापक कभरेज विकल्पमा योगदान पुर्याइरहेको छ। यद्यपि, कम्पनीले जारी भूराजनीतिक जोखिमहरुबीच अमेरिकामा बढ्दो दुर्घटना दर चिन्ताको विषय बनेको मार्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS