IME Life New

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिबेञ्चर” नामको १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रहरु साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड सम्पन्न भएको छ।

उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो। जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ। कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो। उक्त निष्काशनमा विभिन्न संघ, संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको थियो।

Esewa
Crest

हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरुद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ । जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ।

यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पूँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरुलाई अझ प्रभावकारी, भरपर्दा र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहो¥याएको छ।

उक्त ऋणपत्रको निष्काशन कार्य सम्पन्न भइसकेको सन्दर्भमा सो प्रकृयामा सहयोग पु¥याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई बैंकले धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS