काठमाडौं । सिटी होटलले सञ्चालकलगायत आधारभूत शेयरधनीलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।
होटलले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। नेपाल धितोपत्र बोर्डले सिटी होटललाई हाल कायम चुक्तापुँजी १ अब ६७ करोड ४० लाख रुपैयाँको १ः०.८ अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले अब १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। सर्वसाधारणलाई हकप्रद शेयर जारी गर्नुअघि कम्पनी सञ्चालकलगायत आधारभूत (चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने) शेयरधनीबाट हकप्रद शेयरको रकम संकलन गर्नुपर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्थाबमोजिम होटलले सञ्चालकलगायत आधारभूत शेयरधनीहरुलाई आफूले लिनुपर्ने हकप्रद शेयरबापतको रकम बुझाउन आग्रह गरेको हो। उक्त रकम भदौ ३ गतेसम्म जम्मा गर्नुपर्ने होटलले जनाएको छ।
हकप्रद शेयरबापतको रकम जम्मा गर्ने बैंक खाता विवरण प्राप्त गर्न कम्पनीमा सम्पर्क गर्नुपर्नेछ। यदि कुनै सञ्चालकलगायत आधारभूत शेयरधनीबाट हकप्रद शेयरका लागि आवेदनसहितको रकम प्राप्त नभएमा नियमानुसार हुने होटलले स्पष्ट पारेको छ।

















