IME Life New

स्वस्तिक लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पहिलो चरणमा बिक्री गरिरहेको आइपीओमा आज साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले असार २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई २ करोड ३१ लाख रुपैयाँबराबरको आइपीओ निष्कासको अनुमति दिएको छ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ३१ हजार कित्ता शेयर जारी गर्नेछ।

संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल २३ हजार १०० कित्ता आइपीओ जारी गरेको हो। यो आइपीओमा उनीहरुले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकिएका शाखा तथा सीडीएससीको मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्।

संस्थाले दोस्रो चरणमा कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता शेयर सुरक्षित गरी बाँकी सर्वसाधारणका लागि जारी गर्नेछ। संस्थाको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूर्ण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS