IME Life New

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे १८ अर्ब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ७६ अंकले बढेर २,९८२ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७७ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनी, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव २२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS