IME Life New

भारतमा रू ५० लाखसम्मको दाबी विवाद सल्टाउन बीमकभित्रै लोकपाल नियुक्तिको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले ५० लाख भारतीय रूपैयाँसम्मको दाबी सम्बन्धि विवाद समाधान गर्न बीमकको आन्तरिक बीमा लोकपाल नियुक्त गर्ने प्रस्ताव गरेको छ।

नियामकले  आन्तरिक बीमा लोकपाल निर्देशिका, २०२५ को मस्यौदा जारी गर्दै निष्पक्ष, पारदर्शी र समयबद्ध तरिकाले समाधान नगरिएका वा बढेका गुनासोहरूलाई सम्बोधन गर्न बीमकहरू भित्र स्वतन्त्र र निष्पक्ष समिक्षा संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

एशियनइन्स्योरेन्स पोष्टका अनुसार, तीन वर्षभन्दा बढी सञ्चालन भएका सबै बीमकहरू (पुनर्बीमक बाहेक) मा लागू हुने प्रस्ताव गरिएको छ। मस्याैदामा ५० लाख भारूसम्मको दाबी सम्बन्धी विवादरूलाई सम्बोधन गर्न आन्तरिक बीमा लोकपालको नियुक्ति अनिवार्य गरिनेछ।

बीमकहरूले प्रभावकारी जोखिमबहन र उत्तरदायीत्व सुनिश्चित गर्न एकभन्दा बढी आन्तरिक बीमा लोकपाल नियुक्त गर्न सक्छन्, जसमा राम्रोसँग परिभाषित क्षेत्राधिकार छ। नियामकले अगस्ट १७ सम्म मस्याैदामा सुझाव पेश गर्न अनुरोध गरेको छ।

प्रस्तावित निर्देशिकाले आन्तरिक बीमा लोकपालको योग्यता मापदण्ड, कार्यकाल, स्वतन्त्रता, भूमिका र जिम्मेवारीहरू र पारिश्रमिक संरचना, साथै तिनीहरूले पालना गर्नुपर्ने सामान्य सिद्धान्तहरू समावेश गरेको छ।

नियामकले आन्तरिक तर स्वतन्त्र संयन्त्रलाई संस्थागत गरेर, गुनासो व्यवस्थापनको गुणस्तरमा अझ सुधार गर्ने र बीमा क्षेत्र प्रति उपभोक्ताको विश्वास बढाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS