IME Life New

अमेरिकासँग व्यापार सम्झौताको घोषणापछि जापानको शेयर बजारमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–जापान व्यापार सम्झौताको घोषणा गरेपछि जापानको शेयर बजार निक्केई २२५ सूचकांकमा २.५ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। टोयोटा, निसान र होन्डा जस्ता प्रमुख कार कम्पनीका शेयरभाउमा पनि उछाल देखिएको छ।

जापानको मिडिया संगठन एनएचकेको रिपोर्टअनुसार अमेरिकामा जापानी कार निर्माताहरुमाथि लगाइएको हालको ट्यारिफ सम्झौताअन्तर्गत घटाइनेछ। यसको पुष्टि गर्दै जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अब जापानी कार कम्पनीहरुले अमेरिकामा निर्यातमा १५ प्रतिशत कर तिर्नुपर्ने बताएका छन्। जुन पहिले २५ प्रतिशत थियो।

Esewa
Crest

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका थिए, ‘प्रस्तावित सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक ट्यारिफ तिर्नेछ।’

ट्रम्पले जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS