IME Life New

उधारोमा शेयर खरिद गर्ने प्रवृत्तीमा अंकुश लाग्दै, आइपीओ पनि भर्नु अघि नै खातामा पैसा हुनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर खरिदकर्ताले बैंक खातामा रकम नै नभएपनि शेयर खरिद गर्ने प्रवृतीमा नेपाल धितोपत्र बोर्डले अंकुश लगाउने तयारी गरेको छ।

बोर्डले चालू आर्थिक वर्ष २०८२।८३ को लागि सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा धितोपत्र बजार प्रति लगानीकर्ताको हित प्रवर्द्धन गर्न उधारो शेयर खरिद बिक्रीमा अंकुश लगाउने घोषणा गरेको हो।

Esewa
Crest

नीति तथा कार्यक्रममा लेखिएको छ, दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था अगाडी बढाइनेछ।

यसैगरी बोर्डले धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट एपिआई मार्फत आवदेकको आवेदन तत्कालै रूजु गरेर आवेदन रकम रोक्का हुने र धितोपत्र बाँडफाँडपछि फुकुवा हुने व्यवस्था समेत गर्न लागेको छ।

बोर्डले धिताेपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरणमा जोड दिंदै लगानीकर्ताको वृहद हित प्रवर्द्धन गर्दै धितोपत्र बजारमा जनविश्वास बढाउनका लागि यस्तो प्रावधान कडाईका साथ लागू गर्ने भएको हो।

बोर्डले यसअघि नै पर्याप्त सुरक्षण बिना नै शेयर कारोबारका लागि खरिदकर्तालाई कारोबार गर्ने क्रेडिट उपलब्ध नगराउन निर्देशन जारी गरिसकेको छ। बोर्डले नीति तथा कार्यक्रममा यसैलाई अझै प्रष्ट पारेको हो।

बोर्डले सार्वजनिक निष्काशन (आइपीओ) जारी गरी संकलन गरिएको रकम निष्काशनको उद्देश्य बमोजिम परिचालन भए नभएको विषयमा पनि अनुगमन गर्ने घोषणा गरेको छ।

यसैगरी इजाजत प्राप्त धितोपत्र दलाल सदस्यहरूको प्रभावकारी सुपरिवेक्षणका लागि बोर्डले जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्नेछ।

बोर्डले सूचीकृत कम्पनीहरूको वर्गिकरण सम्बन्धि प्रावधानलाई पनि सामसामयीक बनाउन आवश्यक संशोधन गर्ने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ।

बोर्डले चालू आर्थिक वर्षमा मचेण्ट बैंङ्कर, धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, सूचीकृत संगठित संस्थाहरू बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा लागू गर्नेछ। धितोपत्र कारोबार गर्दा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ब्याकअपको प्रभावकारी व्यवस्था भए नभएको सम्बन्धि अनुगमको व्यवस्था गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS