काठमाडौं । शेयर बजार मंगलबार उछाल आएको छ। नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा बन्द भएको हो।
बजारमा हरियाली छाउँदा नेप्से उपसमूह १३ वटै समूहमा हरियाली छाएको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६३ प्रतिशतले बढेको छ।
यो दिन २३६ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १४ वटाको मात्रै घटेको छ। आज बजारमा २० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ७१ करोड ८८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ६८ करोड ८३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५६ करोड १ लाख रुपैयाँ
- बुटवल पावरः ५१ करोड ६७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४६ करोड ३५ लाख रुपैयाँ
- निफ्राः ३७ करोड ३२ लाख रुपैयाँ
- एचआईडीसीएलः ३६ करोड ५८ लाख रुपैयाँ
- साहास ऊर्जाः ३३ करोड ९८ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः ३३ करोड ३४ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३२ करोड ९७ लाख रुपैयाँ

















