IME Life New

बैंकमा निक्षेप रु. ७३ खर्ब नजिक, एकैदिन रु. २६ अर्बले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकमा निक्षेप थुप्रिने क्रम जारी रहेको छ। पछिल्लो तथ्यांकअनुसार बैंकहरुको कुल निक्षेप ७३ खर्ब रुपैयाँ नजिक पुगेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्तिम दिन असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो। यो दिन बैंकहरुको निक्षेप एकैदिन २६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७२ खर्ब ६६ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

असार ३२ मा बैंक तथा वित्तीय संस्थाबाट एकैदिन ११ अर्ब रुपैयाँ कर्जा लगानी गएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५६ खर्ब पुगेको छ। अघिल्लो दिन असार ३१ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ८९ अर्ब रुपैयाँ थियो।

कर्जा लगानीको तुलनामा निक्षेप थुप्रिने क्रम बढेसँगै बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ७५.७८ प्रतिशत कायम भएको छ। अन्तर बैंक ब्याजदर भने २.८७ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS