IME Life New

एनआईबीएल सहभागिता फन्डको लाभांश घोषणा, प्राप्त रकम पुनः लगानी गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबीएल सहभागिता फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललको सञ्चालक समिति सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षणपछि इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

Esewa
Crest

लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन ५ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो लाभांश पाउन योग्य भएका छन्।

यसैगरी यो खुलामुखी योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकमबराबरको हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानीमार्फत थप इकाइ खरिद गर्न सक्नेछन्। इकाइधनीको हितग्राही खातामा कोष आकार वृद्धिको स्वीकृतिपछि इकाइहरु पठाइने क्यापिटलले जनाएको छ।

यस योजनाको कोष प्रवरद्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS