IME Life New

आफ्नो खाताको मौज्दात रकम हेरेर मात्र चेक काट्न राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो बैंक खाताको मौज्दात रकम हेरेर मात्र चेक काट्न सबैलाई आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि आज एक सूचना जारी यस्तो आग्रह गरेको हो। ‘चेक अनादरबापत हुने कानुनी सजायबाट बचौँ’, सूचनामा भनिएको छ।

Esewa
Crest

कसैले पनि आफ्नो खातामा रकम मौज्दात नभएको वा भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा कसैलाई चेक जारी गरी दिन नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। ‘यसरी जारी गरिएको चेक धारकले भुक्तानी माग्दा खातामा रकम नभएको कारण भुक्तानी नभएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक जारी गर्ने व्यक्तिलाई आफ्ना खाता रकम जम्मा गर्न बढीमा ४५ दिनको म्याद दिन सक्नेछ’, सूचनामा भनिएको छ, ‘सो अवधिपश्चात चेक धारकले सो चेकबमोजिम भुक्तानी माग गर्दा खातामा रकम नभएमा बैंक तथा वित्तीय संस्था वा सरकारी बैंकले ३ दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको व्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनुपर्छ।’

यसरी चेक अनादर भएको अवस्थामा चेक जारी गरी दिने खातावालाबाट धारकलाई बिगोबमोजिमको रकम तथा सो रकममा चेक जारी भएको मितिदेखि रकम भराएको मितिसम्म प्रचलित कानुनबमोजिम ब्याजसमेत भराई चेक जारी गर्नुपर्ने र खातावालालाई बिगोको ५ प्रतिशत जरिवाना र कानुनबमोजिम कैद सजायसमेत हुन सक्ने कानुनी व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS