IME Life New

सिन्धु विकास बैंकको नाफामा आकर्षक बढोत्तरी, ईपीएसमा छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ११ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २८७.६० प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर १५ करोड ३५ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ करोड ९६ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ४१७.३९ प्रतिशतले बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १३ करोड ३७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १९ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १३ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ३७ करोड १७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो भने रिजर्भमा १६ करोड ८२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ५ अर्ब ६८ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब ८९ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ५८ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) घटेर ६.०३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १०.६३ प्रतिशत थियो।

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ३७ करोड १७ लाख रुपैयाँले ऋणात्मक थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २१.१५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५.४६ रुपैयाँमा सीमित थियो। पीई रेसियो ४०.९९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ८६.७० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS