IME Life New

नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले आजसाउन ६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर–२०८९’ जारी गर्न अनुमति दिएको छ।

जसअनुसार बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागेको हो।

Esewa
Crest

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो ऋणपत्रमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते हुनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन मिति साउन २० गतेसम्म लम्बिन सक्छ।

नबिलको यो ८ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS