काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ७६ अंकले बढेर २८९२ को विन्दुमा बन्द भएको छ । आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स इन्डेक्स बढेको छ । उक्त इन्डेक्स १ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।
आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज ९६ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


















