IME Life New

वैश्विक इन्जिनियरिङ बीमा बजारमा एसिया प्रशान्त क्षेत्रको नेतृत्वदायी भूमिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व इन्जिनियरिङ बीमा बजारमा एसिया प्रशान्त क्षेत्रको योगदान लगातार बढिरहेको छ।

एलाइड मार्केट रिसर्चका अनुसार सन् २०२२ पछि विश्व इन्जियरिङ बीमा बजारमा एसिया प्रशान्त क्षेत्रले नेतृत्वदायी भूमिका खेलिरहेको छ। एसिया प्रशान्त क्षेत्रको इन्जिनियरिङ बीमा बजारले सन् २०२२ देखि २०३२ सम्ममा वार्षिक औसत १२.४ प्रतिशतको बढोत्तरी हुने अनुमान गरिएको छ। यो वृद्धि द्रुत गतिमा बढ्दो सहरीकरण, औद्योगिक विस्तार र सरकार समर्थित पूर्वाधार विकासका कारण हुनेछ।

Esewa
Crest

प्रतिवेदनमा एसिया प्रशान्त बैभन्दा छिटो बढ्दो क्षेत्र हुने उल्लेख छ। उत्तर अमेरिकाले सन् २०२२ मा वैश्विक इन्जिनियरिङ बीमा बजारको नेतृत्व गरेको थियो। यसले विश्वव्यापीआम्दानीको एक तिहाइभन्दा बढी हिस्सा ओगटेको थियो।

उत्तर अमेरिकाको प्रभुत्व परिपक्व निर्माण क्षेत्र, ठूला पूर्वाधार परियोजना र बलियो जोखिम व्यवस्थापन अभ्यासहरुको कारणले थियो।

विश्वव्यापी इन्जिनियरिङ बीमा बजार सन् २०२२ मा २४.१ अर्ब डलरबाट बढेर सन् २०३२ सम्ममा ५६.७ अर्ब डलरको हुने अनुमान गरिएको छ। विश्वव्यापी रुपमा पूर्वानुमान अवधिमा बजार वार्षिक औसत ९.२ प्रतिशतको वृद्धिले विस्तार हुने अपेक्षा गरिएको छ।

सन् २०२२ मा कन्ट्रयाक्टर अल रिस्क (सीएआर) बीमाले सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको थियो। जसले कुल आम्दानीको एक तिहाइभन्दा बढी हिस्सा ओगटेको थियो।

निर्माण सम्बन्धित जोखिमहरुको व्यापक कभरेजको कारण सीएआर बीमा सन् २०३२ सम्म अग्रणी क्षेत्र रहने प्रतिवेदनमा उल्लेख छ।

यसैबीच मेसिनरी ब्रेकडाउन बीमा सन् २०२३ देखि २०३२ सम्म वार्षिक औसत १२.८ प्रतिशतको वृद्धिदरसँगै सबैभन्दा बढी बढ्ने अनुमान गरिएको छ। इन्जिनियरिङ परियोजनाहरुमा जटिल र उच्च मूल्यका मेसिनरीहरुमा बढ्दो निर्भरताले उपकरण ब्रेकडाउनको अवस्थामा मर्मत र प्रतिस्थापन लागत कभर गर्ने बीमाको मागलाई बढावा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS