IME Life New

गुराँस लघुवित्तको नाफामा आकर्षक वृद्धि, यस्ता छन् वित्तीय सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ८९.९६ प्रतिशतले बढी हो।

गत आर्थिक वर्र्षको अन्त्यसम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले समिक्षा अवधिमा १३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले बढेको छ।

Esewa
Crest

११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी तथा ४५ करोड ५५ लाख रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशत बढेको छ समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा कायम भएको तथ्याङकले देखाएको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १८ पैसा बढेर ३४ रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS