IME Life New

बाढी पहिरोको पूर्व संकेत प्राप्त गर्ने घरेलु उपाय बारे डा. रञ्जन दाहालको टिप्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भूगर्भविद प्राध्यापक डाक्टर रञ्जन कुमार दाहालले मनसुनको सिजनमा वर्षाको मात्रा मापन गर्न घरमै बनाउन सकिने यन्त्र प्रयोग गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

डाक्टर दाहालले फेसबुक पेजमार्फत सुझाव साझा गर्दै आफ्नो गाउँघरमा भएको वर्षा मापन गर्नका लागि घरेलु यन्त्र बोटल रेनगजको प्रयोग गर्न सुझाएका हुन् ।

Esewa
Crest

डाक्टर दाहालका अनुसार, आफ्नो बस्तिमा कति धेरै पानी परेको छ भनेर यकीन गर्नका लागि बोटल रेनगज बनाएर घरको कौसिमा राखेर थाहा पाउन सकिन्छ। उनले यस्तो वर्षा मापक यन्त्र बनाएर काैसीमा बलेसीको पानी नपर्ने ठाउँमा गरी राख्नुपर्छ। यसरी राखिएको बोटलमा वर्षाको पानि जम्मा भएपछि के कति वर्षा भएको रहेछ भन्ने मापन गर्न सकिन्छ।

साभारः डाक्टर रञ्जन कुमार दाहालको फेसबुक पेजबाटवर्षाको मात्रा मापन गर्न सक्दा बाढी पहिरोको संभावना कतिको छ भन्ने पूर्वानुमान गर्न सहज हुनेछ।

डाक्टर दाहालका अनुसार,  दुई लिटरको रित्तो कोकाकोलाको बोटलमा बिर्को पट्टी झण्डै २ इन्चमा बिर्को सहितको भाग काटेर सोली बनाउनुपर्छ। सोली बनाइ सकेपछि बोटललाइ भुइँमा सजिलो गरी अड्याउन र जम्मा भएको पानीको सही मापन लिन बोटलभित्र केही थान स साना ढुङ्गा राख्नुपर्छ। यति गरी सकेपछि अघि बिर्को तर्फको बाट काटेर बनाएको सोली बोटलमाथि घोप्टो पारेर राख्नुपर्छ। यति गरी सकेपछि बोटललाइ काैसीमा छोडिदिनुपर्छ।

यदी २४ घण्टामा १४ सेमी पानी बोतलमा भरियो भने बस्तीमा अत्यधिक पहिरोको जोखिम रहेको अनुमान गर्न सकिने उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS